८४ वर्षिय वृद्धा शेरवहादुर घले बिदुर ११ को वडा सभापतिमा सर्वसम्मत

८४ वर्षिय वृद्धा शेरवहादुर घले बिदुर ११ को वडा सभापतिमा सर्वसम्मत

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट ।  नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत नुवाकोटको बिदुर नगरपालिका वडा नम्वर ११ मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  

वडा नम्वर ११ को अधिवेशनले वडा सभापतिमा ८४ वर्षिय शेरवहादुर घले चयन  गरेको हो । वि.स १९९६ साल साउन ११ गते साविक गेर्खु २ मा जन्मिएका घले यो सँगै वडा ईकाइ सभापतिमा ८ औ पटक निर्वाचित भएका छन् ।

त्यस्तै उपसभापति ज्ञान प्रसाद प्याकुरेल र शिवराम नेपाल चयन भएका छन् भने सचिबमा नवराज चालिसे र राज कुमार घले तथा कोषाध्यक्षमा खुल प्रसाद तिम्सिना सर्वसम्मत चयन भएका छन् ।

सह सचिब मदन कुमार न्यौपाने र विष्णु वहादुर तामाङ तथा सदस्यहरु क्रमश प्रतक्ष्य महिला तर्फ धन कुमारी नेपाल, देउती दमाइ तथा साबित्री गिरी चयन भएका छन् ।

त्यस्तै प्रत्यक्ष खुल्ला तर्फ क्रमश खुल प्रसाद तिमल्सिना,कमल गिरी, नन्द प्रकाश देवकोटा , खिलानाथ अगस्ति,नहरी चालिसे, बल वहादुर तामाङ, रामेश्वर प्याकुरेल र कविन्द्र तिमल्सिना चयन भएका छन् भने खस आर्य महिला तर्फ साबित्री तिमल्सिना चयन भएकी छिन् ।

खस आर्य खुल्ला तर्फ कृष्ण प्रसाद नेपाल र चेत वहादुर प्याकुरेल आदिवासी जनजाति खुल्ला तर्फ भक्त वहादुर श्रेष्ठ, वल वहादुर तामाङ दलित तर्फ लक्ष्मी नेपाली अपाङ्ग तर्फ महेन्द्र प्याकुरेल र हित वहादुर तामाङ सर्वसम्मत चयन भएको मतदान अधिकृत खडानन्द अर्यालले जानकारी दिए । कांग्रेसले देशभरका अधिकांश वडा बाट सर्वसम्मत नेतृत्व चयन गर्दै आएको छ ।

Recent Comments

No comments to show.