काठमाडौंमा यसपालिकै ठूलो वर्षा, सडक जलमग्न, बल्खुमा पार्किङमा राखिएका गाडी नै बगायाे

काठमाडौंमा यसपालिकै ठूलो वर्षा, सडक जलमग्न, बल्खुमा पार्किङमा राखिएका गाडी नै बगायाे

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । मनसुनी वायुको प्रभाव कायमै रहँदा  देशका अधिकांश भेगमा वर्षा भइरहेको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा  यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ । आइतबार मध्यरातदेखि  काठमाडौं उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको हो । । मौसमविद्का अनुसार  पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ ।

यसपालि बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो एक घण्टामा भक्तपुरको नगरकोटमा पनि ४१ मिलिमिटर पानी परेको छ । भारी वर्षापछि काठमाडौँ उपत्यकाका साना तथा ठूला नदीको तटीय क्षेत्रमा डुबान भएको छ ।

रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी  बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।

वाग्मती, विष्णुमती, धोवीखोला, हनुमन्ते खोलालगायतका क्षेत्र आसपासमा बाढीपछि डुबान भएको विवरण प्राप्त भएको छ । भारी वर्षापछि सवारीसाधन सञ्चालन गर्नै अप्ठ्यारो हुने गरी सडक जलमग्न भएका छन् ।

अविरल वर्षाका कारण काठमाडौँको बागमती, विष्णुमति, टुकुचा, धोविखोला लगायतमा ठूलो बाढी आएको छ ।

भोलिसम्म देशैभर ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

Recent Comments

No comments to show.