ट्राफिक प्रहरीद्वारा बृक्षारोपण

ट्राफिक प्रहरीद्वारा बृक्षारोपण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

यहि भाद्र १६ देखि सुरु गरिएको ‘राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियान’ अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाखुशी स्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्र प्रङ्गणमा विभन्न जातका २ सय विरुवा राेप्दै  बृक्षारोपण अभियान सम्मन्न गरेको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका स्थित बिभिन्न नर्सरी, बन कार्यालय लगायतसंग समन्वय गरी तेजपत्ता, धुपी, अम्बा, चिउरी, रुद्राक्ष रिठ्ठा, शिरीष लगाएतका विरुवा रोपेको हो । 

वृक्षारोपण पछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले समुदाय तथा वातावरणसँग जोडिएको विषय भएकोले वृक्षरोपण कार्य महत्वपूर्ण रहेको बताए । 

उनले बगैँचा संरक्षण तथा संवर्द्धनमा सदैव सहकार्य हुने पनि जानकारी दिए । कार्यक्रममा प्रहरी उपरिक्षक सन्जिब शर्मा, प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकहरूको सहभागितामा थियो ।

Recent Comments

No comments to show.