जन्मदिनको अवसरमा नुवाकोटकि पाण्डेद्वारा सडक बालबालिकालाई सहयोग

जन्मदिनको अवसरमा नुवाकोटकि पाण्डेद्वारा सडक बालबालिकालाई सहयोग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । आफ्नो जन्मदिनमा महँगो खर्च गरेर मनाउने संस्कार शहर देखि गाउसम्म बढदै गएको छ । 

धर्तीमा पाइला टकेको दिनलाइ विभित्र होटेल,रेस्टुरेन्ट र क्लबहरुमा भोज भतेर गरेर मनाउनेहरुको बिचमा नुवाकोट विदुर वार्ड न १० का प्रास्ना पाण्डेले बेसहारा सडक बालबालिकालाई खाद्यान्न सहयोग गरेर आफ्नो जन्मदिन मनाएकि छिन् । 

काठमाडौंको स्वम्भु श्रेत्र भित्र रहेका सडक बालबालिकालाई शुक्रबार फलफुल , जुस खाद्यान्न लगायतका सामाग्री सहयोग गरि पाण्डेले जन्मदिन मनाएकि हुन् । 

हरेक वर्ष जस्तै यस बर्ष पनि आफ्नो जन्मदिनमा असहायलाई सहयोग गरेर मनाउन पाउँदा निकै खुशी लागेको प्रास्ना पाण्डेले बताइन।

उनले यस अघिका जन्मदिन नुवाकोट- काठमाडौं लगायतका विभित्र बाल गृह,आश्रम र विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री,खाद्यान्न सहयोग गरेर मनाएका थिइन । 

हाल नेपाल सशस्त्र प्रहरी बल (एपिएफ) स्कुल किर्तिपुरमा कक्षा सातमा अध्यानरत पाण्डे पढाइ लगायत विभिन्न शैक्षिक क्रियाकलापमा समेत अगाडी रहेकि छिन ।

  

Recent Comments

No comments to show.