नेपालको वरीयता एक स्थान खस्कियो

नेपालको वरीयता एक स्थान खस्कियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि-२० वरीयतामा नेपाल एक स्थान खस्किएको छ । बुधबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान खस्किदै १३ औं स्थानमा पुगेको छ । 

नेपाल ओडिआई वरीयतामा भने १६ औं स्थानमा यथावत छ । नेपालले पछिल्लो पटक गत वैशाखमा घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिज खेल्दै उपाधि जितेको थियो ।

नेपाली टोली ओमानमा छ । नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म खेल्ने छ । त्यसअघि पपुवा न्युगिनीसँग दुई ओडिआई खेल सेप्टेम्बर ५ र ८ मा खेल्ने कार्यक्रम छ । 

Recent Comments

No comments to show.