कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन गर्ने बोर्डकाे निर्णय (तालिकासहित)

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन गर्ने बोर्डकाे निर्णय (तालिकासहित)

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुईपटक स्थगित भएको कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन हुने भन्दै परीक्षाको समय तालिका बुधबार प्रकाशित गरेको छ ।

परीक्षा सम्बन्धित विद्यालयमै हुने परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ । यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो ।

पछिल्लोपटक ३१ साउनदेखि हुन लागेको परीक्षा कोभिड( १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएका थियो । परीक्षा गर्न अहिले सीसीएमसीले पनि अनुमतिदिएको छ ।

Recent Comments

No comments to show.