दार्चुला तुईन घटनाः एसएसबीको संलग्नता रहेको छानविन समितिको निष्कर्ष

दार्चुला तुईन घटनाः एसएसबीको संलग्नता रहेको छानविन समितिको निष्कर्ष

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता रहेको पुष्टि भएको छ। 

दार्चुलामा जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयबाट गठित समितिले घटनामा भारतीय एसएसबीको संलग्नता रहेको ठहर सहितको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृहमन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिले घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न पनि सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै आश्रित परिवारलाई नेपाल सरकारको तर्फबाट पालनपोषण र शिक्षादीक्षाको उचित व्यवस्थापन गर्न सिफारिस गरिएको छ ।

गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा साउन १७ गते छानबिन समिति गठन गरेको थियो । घटना भने साउन १५ मा भएको थियो ।

Recent Comments

No comments to show.