फोहोर व्यवस्थापनबारे काठमाडौं महानगर र सिसडोलबासीबीच ९ बुँदे सम्झौता

फोहोर व्यवस्थापनबारे काठमाडौं महानगर र सिसडोलबासीबीच ९ बुँदे सम्झौता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिका र नुवाकोटका सिसडोलबासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सम्झौता भएको छ ।

मंगलबार राति बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने, टाइम कार्डको प्रयोग गर्नेलगायतका विषय समेटिएका छन् ।

एक महिनादेखि काठमाडौँ उपत्यकाको फोहोर नउठ्दा चौतर्फी दुर्गन्ध फैलिएको थियो । महानगरपालिकाले फोहोर नउठाएपछि मंगलबार नागरिकस्तरबाटै सफाइ अभियान थालिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउबाले पनि तत्काल फोहोर व्यवस्थापनको व्यवस्था मिलाउन महानगरपालिकालाई निर्देशन दिएका थिए ।

Recent Comments

No comments to show.