यूएईमा सबै भिसामा विदेशीलाई प्रवेश अनुमति, नेपालाट भिजिट जानेको भीड

यूएईमा सबै भिसामा विदेशीलाई प्रवेश अनुमति, नेपालाट भिजिट जानेको भीड

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खाडी मुलुक यूएईले नेपालसहित सबै देशबाट वैदेशिक रोजगारी, भ्रमण तथा पारिवारिक भिसा खुला गरेको छ ।

यूएईले सोमबार अगस्ट ३० देखि लागू हुने गरी विश्वका सबै मुलुकका नागरिकहरुका लागि इम्प्लाईमेन्ट, टुरिष्ट र पारिवारिक भिसा खुला गरेको खालिज टाइम्सले जनाएको छ । कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या बढेको र संक्रमणको दर कम भएपछि यूएईले रात्रीकालीन गतिविधिहरुलाई पनि खुकुलो बनाएको छ ।

यूएईले नेपालसहित बंगलादेश, कंगो, भारत, लाईबेरिया, नामिविया, नाइजेरिया पाकिस्तान, सियरा लियोन, श्रीलंका, दक्षिण अफ्रिका, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्रवेशमा लामो समयदेखि रोक लगाएको थियो।

यूएई यात्रा गर्ने विदेशी यात्रुले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको कुनै पनि खोप लगाएको, उडान भर्ने बेला अनिवार्यरुपमा विमानस्थलमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ, क्युआर कोड सहितको रिपोर्ट र यूएईले प्रयोग गरिरहेको ‘अल होस्न’ एप्लिकेसनको आइसीए डाउनलोड गरी रजिष्टर्ड गरेको हुनुपर्ने शर्त तोकेको छ।

नेपालमा भने यूएईको भिजिट भिसा खुला नहुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा जानेहरुको भीड बढेको बताइएको छ । विगतमा जस्तै नेपाली कामदारहरु भिजिट भिसामा पठाएर कमाउन पल्केका नेपालका केही एयरलाइन्स तथा ट्राभल एजेन्सी र केही म्यानपावर कम्पनीहरु हाल पनि सक्रिय रहेको बताइएको छ।

सम्बन्धित विषय

यूएईले खोप लगाएका पर्यटकलाई भिसा दिने तर यस्तो छ शर्त

भोलि अर्थात अगष्ट ३० देखि टुरिस्ट भिसामा नेपालीलाई युएई प्रवेश खुला

अब भिजिट भिषामा पनि युएई जान सकिने तर यस्तो छ शर्त

आजदेखि नेपालीलाई युएई प्रवेश खुला

Recent Comments

No comments to show.