बालबालिकालाई हप्तामा तीन घण्टा भन्दा बढी भिडियो गेम खेल्न प्रतिबन्ध

बालबालिकालाई हप्तामा तीन घण्टा भन्दा बढी भिडियो गेम खेल्न प्रतिबन्ध

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  चीनले १८ वर्ष मुनिका बालबालिकाले हप्तामा तीन घण्टा भन्दा बढि भिडियो गेम खेल्न नमिल्ने नियम ल्याएको छ ।

बालबालिकाहरूलाई अनलाइन गेमको लतबाट जोगाउनका लागि उक्त खेल खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

जस अनुरुप चिनियाँ बालबालिकाले अब हप्तामा शुक्रबारदेखि आईतबारसम्म मात्र तीन घण्टा भिडियो गेम खेल्न पाउने छन् । अनलाइन खेलका हिसाबले चीन विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो।

कोभिड १९ का कारण विद्यालय बन्द भएपछि बालबालिकामा अनलाइन गेमको लत लागेको र यसले भविष्यमा नराम्रो असर पुर्‍याउने भन्दै यस प्रकारको नियम ल्याइएको चाइना भिडियो गेम नियमकले जनाएको छ ।

यसअघि बालबाकिाले गेममा महिनाको ४०० युआन भन्दा बढि खर्च गर्न नपाउने नियम लागू गरेको थियो ।  चीनमा ओनर अफ किङ, पब्जि, क्रसफायर जस्ता गेमहरु बालबालिकाका माझ लोकप्रिय छ ।

टेन्सेन्ट होल्डिङ देखि नेट इज इन्क जस्ता गेम सरकारले बालबालिकाहरुको निम्ति ८ देखि ९ बजेसम्म शुक्रबार, शनिबार, आईतबार र सार्वजनिक विदाको बेलुका मात्रै गेम चलाउन दिन निर्देशन दिएको हो ।

सन् २०१९ मा सरकारले प्रति दिन १.५ घण्टाको नियम ल्याएको थियो । टेन्सेन्ट र अरु गेम कम्पनीले बालबालिकाहरुबाट ३ प्रतिशत मात्रै आम्दानी हुने गरेको बताएका छन् र यो प्रतिबन्ध पछि कमाईमा अझै असर पर्ने गेम कम्पनीहरुको भनाइ छ ।

सरकारले गेम कम्पनीहरुलाई अभिभावक, विद्यालय र समाजका अरु सदस्यहरुसँग मिलेर खेल लत कसरी कम गर्न सकिन्छ भन्ने पक्षमा पनि ध्यान दिन निर्देशन दिएको छ ।

अत्यधिक खेलका कारण बालबालिकाको नजिकको हेर्ने क्षमता कमजोर हुँदै गएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन खेललाई नियमन गर्ने निकाय गठन गर्ने घोषणा गरेको थियो।

त्यसै वर्ष चीनले नयाँ भिडिओ गेम उत्पादनका लागि अनुमति दिन बन्द गरेको थियो जुन नौ महिनासम्म लागु हुँदा ठूला उद्योगमा असर परेको थियो।

केही ठूला उत्पादकहरूले सरकारको कदमलाई सकारात्मक ढङ्गले ग्रहण गरे पनि ती प्रावधानलाई लागु गर्न र उमेरको जाँच गर्ने कार्य भने निकै चुनौतीपूर्ण मानिएको छ।

Recent Comments

No comments to show.