एजेन्सी।टोटेनहमले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा वाट्फोर्डलाई १–० गोल अन्तरले पराजित गर्दै टोटेनहमले लगातार तेस्रो जित निकालेको हो।
टोटेनहमलाई जित दिलाउन एक मात्र निर्णायक गोल ह्युङ मिन सनले गरे। सनले खेलको ४२औँ मिनेटमा फ्रि किकबाट गोल गरेका थिए ।
जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ३ खेलमा सत प्रतिशत जितसहित ९ अंक जोडेको छ । पराजित वाट्फोर्डले ३ खेलमा ३ अंक जोडेको छ।
प्रतिक्रिया