काठमाडौँ । पछिल्ला दिनमा नेपालमा लगातार पानी परिरहेको छ । वर्षाका कारण बाढीपहिरोका घटना बढ्न थालेको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
आइतबार बिहान काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो अधिकांश भूभागमा पानी पर्नेछ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। राति प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।
महाशाखाका अनुसार सोमबार धेरै स्थानमा वर्षाको सम्भावना छ, राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।
मंगलबार मौसममा केही सुधार आउने देखिन्छ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान
भाद्र १३ गते (आइतबार)
दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
भाद्र १४ गते ( सोमबार)
दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
भाद्र १५ गते ( मंगलबार)
दिउँसो: देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया