नियुक्त नै नभएका शिक्षकलाई तलब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्त नै नभएका शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । 

महालेखापरीक्षकको कार्यालयको ५८औँ वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाले सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्त नगरी तलब निकासा गरेको हो । 

२०७६ असार माध्यमिक तह सञ्चालन अनुमति प्राप्त गरेपनि दरबन्दी स्वीकृत नभएको विद्यालयलाई गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकका लागि गाउँपालिकाले तलब बापतको रकम निकासा गरेको हो । 

ती विद्यालयमा सम्बन्धीत विषय शिक्षक नियुक्त नभएको तर, गाउँपालिकाले भने प्रति विद्यालय तीन लाख ६६ हजारका दरले सात लाख ३२ हजार रुपैयाँ रकम निकासा गरेको पाइएको छ । 

उक्त रकम असुलर गर्नुपर्ने पनि महालेखा प्रतिवेदनले औंल्याएको छ । नियुक्ति नपाएका शिक्षकका लागि रकम निकासा भएको विषयमा आफूलाई कुनै जानकारी नभएको आठराई त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख सीतादेवी लावतीले बताइन् । न्युज कारखाना। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।