आर्सनलविरुद्ध सिटीको फराकिलो जित

आर्सनलविरुद्ध सिटीको फराकिलो जित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलबिरुद्ध एकतर्फी जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५–० गोल अन्तरको  फराकिलो जित निकालेको हो ।

सिटीलाई जिताउन फेरान टोरेसले दुई गोल  तथा कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे । सातौं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा टोरेसले अग्रता २९० को बनाए । 

३५ औं मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।  ४३ औं मिनेटमा जेजुसले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता बनायो ।

खेलको ५३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई ४९० को अग्रता दिए । ८४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० गोलको फराकिलो जित दिलाए ।

जितसँगै सिटीले ३ खेलबाट ६ अंक जोडेको छ । अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

आर्सनलले भने लगातार तेस्रो  हार व्यहोरेको छ । ३ खेलमा अंक विहीन रहदै आर्सनल पुछारमा रहेको छ । क्लब इतिहासमै आर्सनलको यो खराब सुरुवात हो । 

Recent Comments

No comments to show.