रोयल इन्फिल्डको नयाँ मोटरसाइकल ‘क्लासिक ३५०’ अर्को साता सार्वजनिक हुने

रोयल इन्फिल्डको नयाँ मोटरसाइकल ‘क्लासिक ३५०’ अर्को साता सार्वजनिक हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रोयल इनफिल्डले नयाँ जेनेरेशनको क्लासिक ३५० अर्को साता सार्वजनिक गर्ने भएको छ । कम्पनीले घोषणा गरेअनुसार नयाँ जेनेरेशनको क्लासिक ३५० यही सेप्टेम्बर १ मा सार्वजनिक हुनेछ ।

केही समय अघि यो बाइक अगस्टको अन्तिम हप्ता सार्वजनिक हुने अनुमान लगाइएको थियो । तर, मंगलबार भने कम्पनीले नयाँ जेनेरेशनको क्लासिक ३५० आगामी बुधबार सार्वजनिक गर्ने बताएको हो ।

नयाँ क्लासिक ३५० पुरै अपग्रेड भर्सनमा उपलब्ध हुनेछ। यसको बाहिरी आवरणसँगै पर्फमेन्समा कम्पनीले विशेष ध्यान पुर्याएको कम्पनीको दाबी गरेको छ । यसमा मिटिओर ३५० मा भएको जस्तै जे प्ल्याटफर्मको प्रयोग गरिएको छ। नयाँ क्लासिक ३५० मा कम्पनीले चेसिस, मिटर कन्सोल, स्विङ आर्मलगायतको सुधार गरेको छ।

यो बाइकमा ३४९ सिसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले २० एचपी पावर र २८ एनएमको टर्क जेनेरेट गर्नेछ।

बाइकमा पुरै डिजिटल इन्ट्रमेन्टल क्लस्टर साथै ट्रिपर नेभिगेसनको सुविधा हुनेछ । जसलाई ब्लुटुथबाट कनेक्ट गरेर चलाउन सकिन्छ। बाइकमा एलइडी हेडल्याम्प, सिंगल च्यानल एबिएस, गोलो आकारको रिअर भ्यू मिरर लगायत विशेषताहरू छन् ।

भारतिय बजारमा नयाँ जेनेरेशनको क्लासिक ३५० को मूल्य १ लाख ८५ हजारदेखि २ लाख २० हजारबीच हुने अनुमान लगाइएको छ ।

Recent Comments

No comments to show.