काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सिप्रदी ट्रेडिङका ग्राहकहरूलाई टाटा गाडी खरिद गर्न कर्जा उपलब्ध गराउने भएको छ । बैंक र उक्त कम्पनीबीच कम्पनीका ग्राहकहरूलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएसई प्रमुख बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रवर्द्धन महाप्रबन्धक अनुप मनि ढकालबीच सम्झौता भएको छ । उक्त समारोहमा बैंकका प्रमुख कर्जा अधिकृत विनोद कुमार ढुङ्गेलका साथै सिप्रदी ट्रेडिङका अन्य उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।
बैंकले ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट कार्यालयका साथै १२२ ओटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया