मौसम पूर्वानुमान : चार प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन अनुरोध

मौसम पूर्वानुमान : चार प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन अनुरोध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । मुलुकका विभिन्न क्षेत्रमा शुक्रबार भारी वर्षाको आँकलन गरिएको छ ।

मनसुन फेरि सक्रिय भएसँगै देशभर पानी परिरहेकोमा शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । शुक्रबार राति पनि देशभर वर्षा हुनेछ । 

शनिबार धेरै स्थानमा वर्षाको सम्भावना छ। जसमा पनि प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीरधेरै भारी र बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी र धेरै भारी सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भदौ ११ गते (शुक्रबार)

दिउँसो: देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना छ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी र बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ भदौ १२ गते (शनिबार)

दिउँसो: देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी र बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ भदौ १३ गते (आइतबार)

दिउँसो: देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी सम्भावना छ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

Recent Comments

No comments to show.