स्कुटर चोरी गर्ने एक जना पक्राउ

स्कुटर चोरी गर्ने एक जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  ट्राफिक प्रहरीले स्कुटर चोरीमा संलग्न १ जनालाई पक्राउ गरेको छ ।

ट्राफिक महाशाखाको सादा पोसाकमा खटिएको टोलीले बा७०प ५०५३ नम्वरको हरियो रंङको डिओ स्कुटर चोरी गरि भाग्दै गर्दा गोकर्णेश्वरको अर्याल गाउँबाट चालकसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिराहाको कर्जना नगरपालिका – २ भुल्के घर भई हाल काठमाण्डु गौरीघाट बस्ने २४ वर्षिय अर्पण महत रहेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उक्त स्कुटर धनी प्रविन श्रेष्ठले स्कुटर हराएको भनि हुलियासहित दिएको सुचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त स्कुटर फेला परेको हो । पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको महाशाखाले जनाएको छ ।

Recent Comments

No comments to show.