काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन १० देखि १२ मंसिरसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।
मंगलबार दिउँसो ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकले आउँदो १० मंसिरदेखि १२ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यस्तै २७ र २८ भदौमा तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन ५ र ६ असोजमा हुने भएको छ । स्थानीय तहका अधिवशेनहरुको मिति पनि पछि सारिएको छ ।
प्रतिक्रिया