कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगियो, देउवा र पौडेलले बुझे प्रतिवेदन

कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगियो, देउवा र पौडेलले बुझे प्रतिवेदन

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। लामो समयदेखि जारी नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगिएको छ।

क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी विवादबारे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार बुझेका छन्।

जसअनुसार सप्तरीको क्षेत्र नम्बर १, २ र ४ मा नयाँ क्रियाशील सदस्यता स्थगित गरिएको छ । ती क्षेत्रमा १३औं महाधिवेशनकै क्रियाशीललाई मात्रै मान्यता दिइएको छ ।

क्षेत्र नम्बर ३ का केही वडाका नयाँ क्रियाशील सदस्यहरूलाई पनि महाधिवेशनमा समावेश गर्ने गरी विवाद मिलाइएको छ । क्षेत्र नम्बर ३ मा ४१ वटा वडा छन् ।

यस्तै बारा जिल्लाका क्षेत्र नम्बर १ र ४ मा पनि १३औं महाधिवेशनका क्रियाशील सदस्यले मात्र महाधिवेशनमा सहभागी हुन पाउने भएका छन् ।

ती क्षेत्रबाट सिफारिस भइआएका नयाँ सदस्यतामा भने विवाद नमिले पछि स्थगित गरिएको छ । यस्तै बारा क्षेत्र नम्बर २ र ३ मा पनि केही वडाको सदस्यता स्थगित गरिएको छ ।

यस्तै सर्लाही २ र धनुषा ४ को विवाद भने मिलेको छैन ।

क्रियाशील सदस्यता छानबिन समितिले टुङ्गो लगाउन बाँकी सदस्यताका विवादका विषयमा नेता कृष्णप्रसाद सिटौलालाई समस्या समाधान गर्न जिम्मेवारी दिएको थियो ।

उनीसँगै नेता डा मिनेन्द्र रिजाल र रमेश लेखक विवाद समाधानका लागि खटेका थिए । छानबिन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो।

तर छानबिन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो।

उक्त विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो।

उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रूपमा राखिएका थियो।

कांग्रेसको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिकाअनुसार भदौ १८ गते वडा अधिवेशन, २७ गते गाउँ/नगर पालिका, असोज १ गते प्रदेश क्षेत्र क,ख तथा असोज ५ गते संघीय निर्वाचन क्षेत्र, १० गते जिल्ला, कार्तिक १०–१२ प्रदेश र मंसिर ९–१३ केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ।

Recent Comments

No comments to show.