एचआईडीसीएलको हकप्रद भर्ने आज अन्तिम माैका

एचआईडीसीएलको हकप्रद भर्ने आज अन्तिम माैका

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले साउन ५ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिने आज (भदाै ८ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हो । अर्थात कम्पनीको १०० कित्ता सेयर हुने सेयरधनीहरुले १०० कित्ता बराबर नै हकप्रदमा आवेदन दिन सक्नेछन् । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो।  त्यसैले, जेठ २७ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेकाे छ । हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयहरू तथा नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ। 

कम्पनीको हकप्रदलाई केयर रेटिङ्ग नेपालले केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ ।

Recent Comments

No comments to show.