धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसनिकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर भएको झडपमा परी दुवैतर्फका १५ जनाभन्दा बढी घाइते भएका छन् ।
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।
अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको उनले बताए ।
प्रतिक्रिया