काठमाडौँ । युवा नेता तथा समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित भएका छन् । चन्द्रागिरि नगरक्षेत्रमा हुने विभिन्न समाजिक काममा उल्लेखनीय योगदान पु्र्याए वापत उनलाई सो सम्मान गरिएको हो ।
दी क्रिएटर्स ग्रुपद्वारा सोमबार चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सो सम्मान प्रदान गरेका हुन । सम्मानले आफूलाई अगामी दिनमा समाजसेवमा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ कार्यक्रममा प्रधानले वताए । युवा व्यवसायि समेत रहेका प्रधान बिगत १५ वर्ष देखि नेपाली राजनितिमा समेत सक्रिय रहेका छन् ।
कार्यक्रममा ‘प्लेयर अफ दि इयर२०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित भएका थिए । पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा ‘नेशनल क्रिएटिभ्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा अतुलनीय योगदान पु्र्याउनुभएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनुहुनेमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला,सपना रोक्का मगर र डा सन्दुक रुइत समेत थिए ।
प्रतिक्रिया