बागमती प्रदेश प्रमुखको जिम्मेवारी माधव पक्षलाई, प्रसाई हटाइए यादव शर्मा सिफारिस

बागमती प्रदेश प्रमुखको जिम्मेवारी माधव पक्षलाई, प्रसाई हटाइए यादव शर्मा सिफारिस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं ।सरकारले बागमती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रमुखका लागि सिफारिस गरेको हो ।

राष्ट्रपतिबाट नियुक्त भएर सपथ खाएपछि उनले आफ्नो पद सम्हाल्ने छन्।

शर्मा माधवकुमार नेपाल निकट हुन्। शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए ।

नेपालले एमाले विभाजन गर्दै एमाले समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएको भोलिपल्टै प्रधानमन्त्री देउवाले उनलाई पनि भागबण्डा सुरु गरेका छन्।

पदमुक्त भएका विष्णु प्रसाई पनि एमालेकै नेता हुन् । झापा जिल्लाका पुराना नेता प्रसाई मेची नगर नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

Recent Comments

No comments to show.