रसुवामा पहिरोमा पुरिएर एकै परिवारका चारजना बेपत्ता

रसुवामा पहिरोमा पुरिएर एकै परिवारका चारजना बेपत्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा। पहिरोले घर पुरिँदा रसुवामा एकैपरिवारका चार जना बेपत्ता भएका छन् ।

जिल्लाको नौकुण्ड गाउँपालिका ५ कोलडाडामा पहिरोले  घर पुरिँदा चार जना बेपत्ता हुनुका साथै एक जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय श्यामबहादुर गलान तामाङको घर पुरिँदा तामाङ घाइते भएका छन् ।  तामाङकी श्रीमती, दुई छोरी र एक छोरा घरभित्र सुतेको हुँदा  सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।

फाइल फोटो

Recent Comments

No comments to show.