ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव-सीईओ रेग्मीद्वारा पदभार ग्रहण

ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव-सीईओ रेग्मीद्वारा पदभार ग्रहण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेका छन् । मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच रेग्मीले पदभार ग्रहण गरेका हुन् ।

गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायव-सीईओमा बढुवा गरेको हो । तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गर्छन् ।

बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए तथा त्रिभुवन विश्वविद्मालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।

Recent Comments

No comments to show.