भिल्लारियलसँग बराबरीमा रोकियो ग्रानाडा

भिल्लारियलसँग बराबरीमा रोकियो ग्रानाडा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिएका छन्।

भिल्लारियलको घरेलु मैदान एल मड्रिगलमा भएको खेलमा भिल्ला र ग्रानाडालो गोलरहित बराबरी खेलेका हुन्।

खेलको ८२औं मिनेटमा भिल्लाका जेवन फेयथले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो। १० खेलाडीमा समेटिएको टिमविरुद्ध ग्रानाडाले ३९ प्रतिसत मात्र बलमा पकड बनाएको थियो।

यता भिल्ला रियलले खेल अवधिभर विपक्षीको पोस्टतर्फ १४ प्रहार गरे पनि कुनै प्रहार सफल हुन सकेनन्।

यो खेल सकिएसँगै ला लिागको पहिलो चरणको खेल पनि सकिएको छ। पहिलो चरण सकिँदा समान एक/एक अंक बनाएका ग्रानाडा र भिल्ला क्रमशः १३औं र १५औं स्थानमा छन्। रियल मड्रिड तीन अंकका साथ शीर्षस्थानमा छ भने सेभिया दोस्रो स्थानमा छ।

ला लिगाकै अर्को खेलमा एल्चेले एथ्लेटिक क्लबसँग पनि गोलरहित बराबरी खेलेको छ।

Recent Comments

No comments to show.