काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ ।
जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गरिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।
उनले भने, ‘हामीले अहिले परीक्षार्थीको लागि खोपको पहल गरिरहेका छौं । स्वास्थ्य मन्त्रालय सकारात्मक छ । खोपको टुंगो भएपछि परीक्षा तालिका बनाउने तयारीमा लाग्छौं ।’
मन्त्रालयले आगामी हप्ताभित्र बाँकी आठ लाख एस्ट्राजेनेका खोप आउने जनाएको छ ।
प्रतिक्रिया