सोमबार मध्यरातदेखि संसद अधिवेशन अन्त्य

सोमबार मध्यरातदेखि संसद अधिवेशन अन्त्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । 

प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश नदिएको प्रतिनिधिसभा सदस्यहरूको गुनासोबीच सरकारले अधिवेशन अन्त्यको घोषणा गरेको हो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रवेश प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णयसमेत गरेको थियो । सरकारले  राजेश अहिराज झालाई बर्खास्त गरेर पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो ।

सरकारले संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ ।  

Recent Comments

No comments to show.