एशियन लाईफ इन्स्योरेन्सको सञ्चालकमा ७ जना नियुक्त

एशियन लाईफ इन्स्योरेन्सको सञ्चालकमा ७ जना नियुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले सात  जना सञ्चालकलाई नियुक्त गरेको छ ।

कम्पनीले गत  साउन ३१ गते सम्पन्न वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि  संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारणको तर्फबाट दुई जना र एक जना विज्ञ सञ्चालक नियुक्त गरेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

कम्पनीको सञ्चालकहरुमा संस्थापक शेयरधनीमा दिपक कुमार श्रेष्ठ,सुरेन्द्र कुमार गोयल,सुशान्त चाचान र निष्ठा प्रधानाङ्ग रहेका छन् ।

त्यसैगरी साधारण शेयरधनीमा शौरभ रुंगटा र सजल मास्के र विज्ञ सञ्चालकमा अच्युत राज सापकोटा सर्वसम्मतले चयन भएका हुन् । साथै साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले दिपक कुमार श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त  गरेको छ । 

Recent Comments

No comments to show.