महिला उद्यमी महासंघ र प्रधानमन्त्रीबीच भेट

महिला उद्यमी महासंघ र प्रधानमन्त्रीबीच भेट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महामारीका कारण सुस्ताएको अर्थतन्त्र चलायमान बनाउँदै लगानीको वातावरण निर्माणका लागि सरकारले आवश्यक पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिन शनिबार बालुवाटार पुगेका महिला उद्यमी महासंघ टोलीसँगको भेटमा उनले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकारले आवश्यक पहलसमेत जारी राखेको बताएका हुन् ।

उद्योगी, व्यापारीसहित विभिन्न पेसा र व्यवसायमा रहेकालाई सरकारले खोपका लागि प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री देउवाले महामारीका कारण संकटमा परेका उद्योगधन्दा पूर्ववत् सञ्चालनका लागि आवश्यक पहल गर्ने आश्वासन दिए ।

नेपाल रिपब्लिक मिडियाकी निर्देशक एवं महिला उद्यमी महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले महामारीका कारण देशभरिकै महिला उद्यमीले धेरै पीडा भोग्नुपरेको भन्दै विगतमा जस्तै महिला उद्यमी महासंघले आर्थिक तथा नीतिगत सहयोग तथा सहकार्यको अपेक्षा राखेको बताइन् ।

जनस्वास्थ्य नै पहिलो प्राथमिकता भएको बताउँदै ज्ञवालीले सबै जनतालाई छिटो खोपको व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरेकी छन् ।

Recent Comments

No comments to show.