प्रधानमन्त्री देउवा र क्रिकेटर पारसबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र क्रिकेटर पारसबीच भेटवार्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि नेपाली टिमका पूर्वकप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । खड्काले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई भेटेका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले पारसलाई जिन्दगीको दोस्रो इनिङको सफलतासमेत दिएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । पारसले क्रिकेटमा नेपालीलाई ठूलो सपना देख्न प्रेरित गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलतामा पारसको योगदान रहेको चर्चा गरेका थिए । भेटमा देउवाले पारसलाई सरकारको साथ र सहयोग हुने प्रतिबद्धता जनाएका थिए । 

Recent Comments

No comments to show.