शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक,सेयर बजारमा कडाइको तयारी

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक,सेयर बजारमा कडाइको तयारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

बिहीबार बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले केही बेर अघि मात्र मौद्रिक नीतिको दफाबार छलफल गरिसकेको छ । शुक्रबार बिहान बस्ने सञ्चालक समितिबाट पारित गरेर दिउँसो मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ ।

सरकार परिर्वतन भएपछि तयारी अवस्थामा रहेको मौद्रिक नीति पनि सार्वजनिक हुन पाएको थिएन । अहिले अर्थमन्त्रालयबाट ग्रिन सिग्नल पाएपछि शुक्रबार नीति सार्वजनिक गर्न लागिएको हो । राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिको अन्तिम तयारीबारे अर्थमन्त्रालयलाई व्रिफिङ गरिसकेको छ ।

मौद्रिक नीतिमा सेयर बजारलाई अप्रत्यक्ष रुपमा कडाइ गरिने स्रोतले बताएको छ ।

Recent Comments

No comments to show.