पौडेल पक्षलाई काउन्टर दिन देउवा पक्षधर जिल्ला सभापतिहरुको छुट्टै भेला

पौडेल पक्षलाई काउन्टर दिन देउवा पक्षधर जिल्ला सभापतिहरुको छुट्टै भेला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर जिल्ला सभापतिहरुको भेला भएको छ । 

भदौ १६–१९ मा महाधिवेशन सम्पन्न गर्ने तयारी नगरेको आरोप लगाउँदै कांग्रेसको संस्थापनइतर समूहका जिल्ला सभापतिहरूले केही दिन अघि मात्रै काठमाडौंमा भेला गरेका थिए। त्यो भेलाको काउन्टर दिन  प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरु छलफलमा जुटेका हुन्। 

त्यसका लागि काठमाडौं उपत्यकामा उपलब्ध देउवापक्षीय जिल्ला सभापतिहरू ललितपुरको एक होटलमा भेला भइरहेका छन्।

भेलाको उद्देश्य पौडेल समुहलाई काउन्टर दिनु रहेको एक जिल्ला सभापतिले जानकारी दिए।  महाधिवेशन नहुनुमा रामचन्द्र दाइ पनि उत्तिकै दोषी भएकाले सभापति देउवाको ‘डिफेन्स’ गर्नु नै आफूहरूको मुख्य उद्देश्य भएको उनको भनाइ छ।

Recent Comments

No comments to show.