नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा

नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुर महानगरपालिकाको परिसरभित्र नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएको छ।

काउन्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक नेपाल बैंक लिमिटेडले महानगर परिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकप्रति आभार व्यक्त गरे।

अब बैंकले कृषि, महिला उद्यमशिलता लगायतको क्षेत्रमा रोजगार वृद्धी गर्न तथा उत्पादनमुलक क्षेत्रमा लगानीका साथै नगरबासीहरुको आर्थिक उन्नतीमा हातेमालो गर्दै सामाजिक उत्तरदायित्व वहन गरी अगाडि बढाउनुपर्ने उनले बताए।

महानगर उपप्रमुख गीता सत्यालले नेपाल बैंक लिमिटेड महानगरपालिकासँग सहकार्य गरी डिजिटल बैकिङ्ग सुविधाद्वारा सेवाग्राहीहरुलाई आगामी दिनमा आधुनिक बैकिङ सेवा दिनुपर्ने बताइन्।

नेपाल बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको पहिलो बैंकले डिजिटल बैकिङद्वारा डिजिटल नेपाल बनाउन पछि नपर्ने तथा सेवाग्राहीहरुको माग र समय सापेक्ष आफ्नो सेवा प्रदान गर्ने बताए।

उद्घाटन कार्यक्रममा एक्स्टेन्सन काउण्टर सञ्चालन र महानगरका २९ वटै वडाहरुबाट राजस्व संकलन गर्ने सम्बन्धी सम्झौतामा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र नेपाल बैंक लिमिटेड ललितपुर शाखाका शाखा प्रबन्धक किरण डंगोलले हस्ताक्षर गरेका थिए।

Recent Comments

No comments to show.