यस्ता छन् कांग्रेस पौडेल समूहको भेलाका चार निष्कर्ष

यस्ता छन् कांग्रेस पौडेल समूहको भेलाका चार निष्कर्ष

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले पार्टीको आसन्न महाधिवेशन, कोरोना महामारीलगायतका विषयमा चारबुँदे निष्कर्ष निकालेको छ । 

पौडेल समूहका जिल्ला सभापतिहरूको राजधानीमा मंगलबार सम्पन्न भेलाले यस्तो निष्कर्ष निकालेको हो । 

पौडेल समूहका जिल्ला सभापतिहरूको राजधानीमा मंगलबार सम्पन्न भेलाले यस्तो निष्कर्ष निकालेको नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए। उनका अनुसार भेलाको चार निष्कर्ष यस प्रकार छन् :

१. क्रियाशील सदस्यता चाँडो टुंगो लगाउने, नयाँ कार्यतालिका ल्याएर  भ्याउने अवस्था रहे नियमित महाधिवेशन 

२. नियमित महाधिवेशन हुन नसके ०१४ नजिर र पार्टीको विधानमा टेकेर विशेष महाधिवेशन 

३. विद्यार्थी र शिक्षकलाई अविलम्ब खोप र पठनपाठन सञ्चालन गर्न माग

४. सबै खालका भ्रष्टाचार र भ्रष्टाचारका काण्ड छानबिन गर्न पूर्वप्रधानन्यायाधीको संयोजकत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्न माग 

Recent Comments

No comments to show.