लुम्बिनी प्रदेशका जसपा सांसदलाई तत्काल अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

लुम्बिनी प्रदेशका जसपा सांसदलाई तत्काल अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सभाका पदमुक्त ३ जना सांसदहरुको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायधीश इश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । मुद्दाको पक्ष र विपक्ष दुवैलाई भदौ ८ गते छलफलका लागि आउन सर्वोच्चले आदेश गरेको छ ।

मुख्यमन्त्री पोखरेलको सरकारमा सहभागी आफ्ना सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डेलाई जसपाले पदमुक्त गरेको थियो। त्यसका विरुद्ध उनीहरू सर्वोच्च अदालत पुगेका थिए।

जसपाको कारबाहीपछि लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले वैकल्पिक सरकार निर्माणको प्रयास गरिरहेको छ। प्रदेश प्रमुख अमिक शेरचनले २७ साउनका लागि प्रदेश सभाको विशेष अधिवेशन बोलाएका छन्।

उक्त अधिवेशनमा मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव पेश गरिने भएको छ।

Recent Comments

No comments to show.