पौडेलपक्षीय कांग्रेस जिल्ला सभापतिहरूको भेला सुरु : ४७ जना सहभागी

पौडेलपक्षीय कांग्रेस जिल्ला सभापतिहरूको भेला सुरु : ४७ जना सहभागी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला शुरु भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको टुंगो नलागिरहेका बेला आफ्नो रणनीति बनाउन पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेलामा ७७ मध्ये ४७ जिल्लाका सभापति सहभागी भएका छन् ।

मंगलबारसम्म चल्ने भेलामा पार्टीको १४ औँ महाधिवेशन, पार्टीको भावी नीति, नेतृत्व चयन र कोभिड–१९ महामारी नियन्त्रण लगायत विषयमा छलफल गर्ने जनाइएको छ । 

पार्टीको विधान र संविधानको व्यवस्थाबमोजिम समेतको गरी साढे पाँच वर्षको अवधिमा समेत पार्टीको महाधिवेशन हुन नसक्ने अवस्था सिर्जना भएपछि जिल्ला सभापतिहरुले सामुहिक धारणा राख्न भेला भएका हुन् ।

Recent Comments

No comments to show.