मास्क लगाउँदा बारम्बार हुनसक्ने यी पाँच गल्तीहरु ध्यानमा राखौँ

मास्क लगाउँदा बारम्बार हुनसक्ने यी पाँच गल्तीहरु ध्यानमा राखौँ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बोल्दा, खोक्दा, गीत गाउँदा, हाच्छ्युँ गर्दा निस्कने स–साना छिटाहरूबाट कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा यसबाट जोगिन मास्क लगाउन आवश्यक हुन्छ ।

मास्कको प्रयोग गर्नाले अन्य व्यक्तिको नाक र मुखमार्फत आफ्नो शरीरमा आउनसक्ने भाइरसबाट बच्नुका साथै आफू सङ्क्रमति भएमा आफूबाट सङ्क्रमण अन्य मानिसमा सर्दैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई नियन्त्रण तथा रोकथामका लागि २९ साउनसम्म देशभर नेपाल मास्क अभियान सञ्चालन गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा जनचेतनामूलक सामग्री पोस्ट गर्दै मास्क लगाउँदा गरिने गल्ती र ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी दिइएको छ ।

मास्क नलगाउँदा हुने जोखिमहरु

आफू संक्रमित हुन सक्ने

मास्क नलगाउँदा संक्रमित व्यक्त्तिले खोक्दा वा हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको स–साना छिटाको माध्यमबाट संक्रमण सर्न सक्छ। 

आफूले संक्रमण फैलाउन सक्ने

मास्क नलगाए आफूमा लक्षण नदेखिए पनि अरुलाई भाइरस सार्ने सम्भावना भने रहिरहन्छ। 

अन्य सरुवा रोग लाग्न सक्ने

मास्क नलगाउँदा कोभिड–१९ बाट मात्र हैन अन्य सरुवा रोग, धूवाँधूलोबाट पनि संक्रमित हुने सम्भावना बढ्छ।  

जनजीवन अस्तव्यस्त बन्न सक्ने

मास्क नलगाउँदा संक्रमण बढ्ने हुनाले धेरै क्रियाकलापहरुमा प्रतिबन्ध लाग्न सक्छ र जनजीवन पहिले जस्तो सामान्य हुन पाउँदैन।

कामकाज ठप्प हुन सक्ने

मास्क नलगाए संक्रमित संख्या बढेर महामारी नियन्त्रण गर्न व्यापार व्यवसाय लगायतका कार्यालयहरु बन्द हुन सक्छन्। 

मास्क लगाउँदा यी कुराहरु भने ख्याल गर्नुपर्छः 

–    मास्क लगाउनु अगाडि साबुनपानीले राम्ररी हात धुने

–    मास्क लगाउँदा वा फुकाल्दा मास्कको अगाडिको भाग नछुने 

–    नाक मुख र चिउँडो छोपिने गरी मास्क लगाउने 

–    मास्क फुकालेपछि फेरि साबुनपानीले राम्ररी हात धुने।

मास्क लगाउँदा बारम्बार हुनसक्ने यी पाँच गल्तीहरु ध्यानमा राखौँ 

–आफू वा अरु कसैले लगाइरहेको मास्क छुने नगरौँ।

– अरु व्यक्तिसंग वार्तालाप गर्दा मास्क नखोलौँ।

–आफूले प्रयोग गरेको मास्क  अरुलाई प्रयोग गर्न नदिऔँ।

– भिडभाडमा मास्क खोल्दै नखोलौँ।

– चिउँडो मात्रै छोप्ने गरि मास्क लगाऔँ।

Recent Comments

No comments to show.