सकियो एमाले स्थायी कमिटी बैठक, विधान संशोधन प्रस्ताव परिवर्तन गर्ने निर्णय

सकियो एमाले स्थायी कमिटी बैठक, विधान संशोधन प्रस्ताव परिवर्तन गर्ने निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । 

बैठकमा राजनीतिक, सांगठानिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भएको छ । त्यसमा केही संशोधन गरी दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी रहेको बैठकमा सहभागी  एक नेताले बताए । 

एमालेको विधान महाधिवेशन २७ र २८ भदौमा तोकिएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आज बैठक बोलाइएको हो । बैठकमा माधव पक्षको भने उपस्थिति थिएन।

केन्द्रीय कमिटीको प्रस्ताव २७ साउनभित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ ।

बैठक ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको हो । केन्द्रीय कमिटी बैठक पनि सोही स्थलमा बस्ने छ । 

Recent Comments

No comments to show.