आजदेखि कोभिशिल्डको दोस्रो मात्रा लगाइने

आजदेखि कोभिशिल्डको दोस्रो मात्रा लगाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार र मंगलबार दुई दिन काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा लगाइने जनाएको छ ।   कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र लगाउन लागिएको कार्यालयको भनाइ छ ।

काठमाडौं महानगरपालिकासहित कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, बूढानीलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका कोभिशिल्डको दोस्रो डोज पाउनुपर्ने नागरिकलाई खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालयले विद्युतीय दर्ता अनिवार्यरुपमा गराइ स्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाउने कार्य गर्न अनुरोध पनि गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गतेको निर्णयानुसार खोप लगाउन लागिएको हो ।

Recent Comments

No comments to show.