काठमाडौ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सर्वत्र असफल भएको आरोप लगाएका छन्।
उनले तीनै असफल देउवा बारम्बार सत्ता सम्हाल्न पुगेको बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा पौडेलले महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको उल्लेख गरेका छन् ।
‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो,’ उनले भनेका छन्, ‘आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ रु यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन्।’
प्रतिक्रिया