कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ ।

स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले आधिकारिक ट्वीटरमार्फत  मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको जनाकारी दिएका हुन् ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु,’ मन्त्री श्रेष्ठले  ट्वीटरमार्फत उल्लेख गरेका छन् ।

कोभिड– १९ संक्रमण फैलिँदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठको दाबी छ ।  

कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने गरी परीक्षा तालिका सार्वजनिक भएको छ ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।

Recent Comments

No comments to show.