८८ केन्द्रीय सदस्य दाबी गर्ने माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा जम्मा ७० उपस्थित

८८ केन्द्रीय सदस्य दाबी गर्ने माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा जम्मा ७० उपस्थित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ७० जना मात्र उपस्थित भएका छन् ।

नेपाल र झलनाथ खनाल समूहमा यसअघि ८८ केन्द्रीय सदस्य  रहेको दाबी गरिएको भएपनि बिहीवार बुद्धनगरस्थित क्वालिटी बैंकटमा बसेको बैठकमा जम्मा ७० जना उपस्थित भएका हुन् ।

बैठकमा एमाले सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे उपस्थित छैनन् । १५ जना केन्द्रीय सदस्यहरूले लिखित सुझाव पठाएको एक केन्द्रीय सदस्यले बताए । 

आजको बैठकलाई संस्थापन पक्षले अनाधिकृत भन्दै सहभागी नहुन आग्रह गरेको थियो । 

Recent Comments

No comments to show.