टोकियो ओलम्पिक : ३२ स्वर्ण पदकसहित चीन शीर्ष स्थानमा

टोकियो ओलम्पिक : ३२ स्वर्ण पदकसहित चीन शीर्ष स्थानमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टोकियो ओलम्पिकको दशौं दिनको खेल सकिँदा चीन ७० पदकसहित शीर्ष स्थानमा यथावत रहेको छ ।

जापानको राजधानी टोकियोमा जारी ओलम्पिकमा अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो।

चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ। अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन्। अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गर्न सफल भएको छ।

यस्तै बेलायत १५ स्वर्ण, १८ रजत र १५ कास्य पदक प्राप्त गर्दै चौथो स्थानमा उक्लेको छ। अस्ट्रेलिया १५ स्वर्ण, चार रजत र १७ कास्य पदकसहित पाँचौं स्थानमा छ।

Recent Comments

No comments to show.