यी हुन् भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउन तोकिएका खोप केन्द्र

यी हुन् भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउन तोकिएका खोप केन्द्र

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोपको पहिलो डोल लगाई २१ दिन पूरा भएकाहरुलाई शुक्रबारबाट दोस्रो डोज खोप दिने भएको छ। 

स्वास्थ्य सेवा विभागले देशभरका जिल्ला स्वास्थ्य कार्यालयहरुलाई भीड नहुने गरि खोप केन्द्रको व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ । जसअनुसार काठमाडौंमा एक महानगरसहित १० वटा नगरपालिकामा ९ वटा अस्पतालसहित १४७ वटा खोप केन्द्र तोकेको छ ।

खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको कार्ड, विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित नम्बरका आधारमा दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । यो अभियान २४ साउनसम्म चल्नेछ ।

काठमाडौं महानगरमा ३२ वडा खोपकेन्द्रबाट खोप लगाइनेछ । महानगरमा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुका लागि राधाश्वामी आइसोलेसन, शसस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी, परोपकार प्रसूति अस्पताल र काठमाडौं मेडिकल कलेज सिनामंगलमा खोप केन्द्र तोकिएको छ । 

यस्तै खोप अनिवार्य गरिएका देशमा जानेहरुले भने विरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी  अस्पताल र शसस्त्र प्रहरी अस्पतालबाट खोप लगाउन पाउने छन् । 

भेरोसेलको पहिलो डोज लगाएको २१ दिन पुरा भएका ५५ वर्ष वा सो भन्दा माथि उमेरका सबै नागरिक, प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकले खोप पाउने छन् । 

Recent Comments

No comments to show.