प्रहरी एकेडेमी सार्ने निर्णय खारेज गरिदिन प्रधानमन्त्रीसमक्ष पूर्वआईजीपीहरूको ध्यानाकर्षण

प्रहरी एकेडेमी सार्ने निर्णय खारेज गरिदिन प्रधानमन्त्रीसमक्ष पूर्वआईजीपीहरूको ध्यानाकर्षण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूले राष्ट्रपति कार्यालय विस्तार गर्ने नाममा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) सार्ने निर्णय खारेज गर्न माग गरेका छन् । नेपाल प्रहरीका १५ जना पूर्वप्रहरी महानिरीक्षकहरूले प्रतिष्ठानको ऐतिहासिक पहिचान मेट्ने काम नगर्न ध्यानाकर्षण गराएका हुन् । 

प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गाको स्वामित्व राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने निर्णयले नेपाल प्रहरीको संस्थागत विकासको महत्त्वपूर्ण आधारशिलाको अस्तित्व मासिने उनीहरूको चिन्ता छ । प्रधानमन्त्री देउवलाई बुझाएको विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक पहिचान बोकेको तथा प्रहरीको व्यवसायिकताको उद्‌गम थलोका रूपमा स्थापित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको इतिहास नामेट पार्ने कार्य रोकिनुपर्छ ।’

प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन नेपाल प्रहरी पूर्वसंगठन प्रमुख मञ्चका तर्फबाट पूर्वप्रहरी महानिरीक्षकहरू दुर्लभ कुमार थापा, मोतीलाल बोहोरा,अच्युतकृष्ण खरेल, ध्रुबबहादुर प्रधान, प्रदीप शमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेम बहादुर गुरुङ, रमेश चन्द ठकुरी, रवीन्द्र प्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवाली पुगेका थिए ।  

Recent Comments

No comments to show.