पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने

पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने भएका छन्।

बुधबार सन्न्यासको विषमा बोलाईएको पत्रकार सम्मेलनमा पारसले अव एक दुई महिनामै एक क्रिकेट एकेडेमी सञ्चालन गर्ने बताएका हुन ।

‘क्रिकेट एकेडेमी सञ्चालन गर्ने छु । त्यसलाई नेपालभर लगेर जाने योजना छ । एक दुई महिनापछि लन्च ९सार्वजनिक० गर्ने छु । एकेडेमी राम्रोसँग सञ्जालन गर्यौ भन्ने सोच छ’, पारसले सुनाए ।

पारसले सबैको साथ र सहयोगको कारण यो स्थानमा आउन सफल भएको बताएका छन् । पारसले सबैलाई धन्यावाद दिँदै आगमी दिनमा नेपाली क्रिकेट विकासको लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

पारसले अव आफ्नो योजना क्रिकेट व्यवस्थापनमा आउँदै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने बताएका छन् । पारसले धेरै सोच विचारको साथ सन्न्यास लिएको बताएका छन् । पारसले आफूले आगमी दिनमा घरेलु क्रिकेट खेल्ने बताए ।

Recent Comments

No comments to show.