चेम्बरले गठन गर्‍यो पर्यटन प्रवद्र्धन तथा सँस्कृति समिति

चेम्बरले गठन गर्‍यो पर्यटन प्रवद्र्धन तथा सँस्कृति समिति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  नेपाल चेम्बर अफ कमर्सले पर्यटन प्रवद्र्धन तथा सँस्कृति समिति गठन गरेको छ । 

आज मंगलबार एक समारोहका बीच समिति गठन भएको हो । नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य अर्जुन शर्माको संयोजकत्वमा समिति गठन भएको हो । समितिको सदस्यहरुमा दीपक राज जोशी, हिक्मत सिंह ऐर, बिनय वस्नेत, युवराज श्रेष्ठ, खुम वहादुर सुवेदी, जनक राज कालाखेती, बिक्रम पाण्डे, हरी प्रसाद धरेल, देवचन्द्रलाल कर्ण रहेका छन् । 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले समितिका पदाधिकारीहरुलाई मनोनयन पत्र प्रदान गरे । उक्त समिति चेम्बर अन्तर्गत रहनेछ । चेम्बरका अध्यक्ष मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढि प्रभावित भएकोले यस क्षेत्रको प्रवद्र्धनका लागी समिति गठन भएको बताए । 

पर्यटन क्षेत्रसंग आवद्ध सबै निकायहरु यस अभियानमा लाग्नु पर्ने बताउँदै उनले नेपालको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हाशिल गरेकाहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरले पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह गरिने बताए ।  

Recent Comments

No comments to show.