प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री देउवाले अपराह्न  ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

स्रोतकाअनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने छ। पाँचदलीय गठबन्धनभित्र मन्त्रीको बाँडफाँट नमिल्दा मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको हो।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको माधवपक्षलाई सरकारमा समेट्ने तयारी गरेपनि नेपाल समूहले ठोस निर्णय नगर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो। 

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका माधवकुमार नेपाल पक्ष सहभागी छ। अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। 

Recent Comments

No comments to show.